
नेपाल टेलिकमको ल्याण्ड लाइनको तार चोरी गर्ने दुई जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–६ का अर्जुन विसंखे र कमलामाई नगरपालिका–४ का सुनिल राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक विपिन ओझाले जानकारी दिए ।
पक्राउ परेका मध्ये विसंखे यसअघि पनि चोरी मुद्दामा ६ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् ।
विसंखे र राजपुतले फागनु १५ गते राति एक सय ९५ पियरको ५० मिटर र एक सय ५० पियरको ५० मिटर तार चोरी गरेका थिए ।
तार चोरीपछि कमलामाई नगरपालिकाको राममाढी र ढुङ्ग्रेबास लगायतका स्थानका चार सयबढी ल्याण्डलाइन फोन अबरुद्ध भएको छ ।