२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, दक्षिण एसियाका मुलुकहरुको प्रधानान्याधीशहरुको सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनमा सार्क मुलुकभित्र न्यायिक क्षेत्रप्रति जनविश्वास बढाउने सन्दर्भमा मुख्यरुपमा छलफल भएको छ ।

Saarc

सम्मेलनमा मन्तव्य राख्दै राष्ट्रपति विद्यादेवी भण्डारीेले दक्षिण एसियाका सवैजसो मुलुकहरुका न्यायिक निकायहरुमा समान किसिमको समस्या रहेकोले मिलेर समाधानकोलागि अघि बढ्नुपर्ने बताउँनुभयो ।

यस्तैगरी सम्मेलनमा धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायिक क्षेत्र बलियो भएमात्र लोकतन्त्र बलियो हुने भन्दै चुस्त न्यायालय विना जनताले लोकतन्त्रको सही अनुभुति गर्न नसक्ने बताउँनुभयो ।

सम्मेलनमा धारणा राख्दै प्रधानान्याधीश कल्याण श्रेष्ठले दक्षिण एसियाली जनतालाई सहज र छरितोरुपमा न्यायमा पहँुच दिनकोलागि मिलेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

प्रधानान्याधीश श्रेष्ठले संघीयतासंगै नेपालले न्यायिक निकायहरुमा नयाँ अनुभव गर्न लागेको बताउँदै छिमेकी मुलुकहरुका अनुभवहरुवाट नेपाल लाभान्वित हुन सक्ने बताउँनुभएको थियो ।

सम्मेलनमा धारणा राख्ने दक्षिण एसियाका मुलुकहरुका प्रतिनिधिहरुले भ्रष्ट्राचार, ढिलासुस्ती, अनियमितता जस्ता समस्याहरु दक्षिण एसियाका न्यायालयहरुका उस्तैखालका समस्याहरु भएकोले सहकार्य गरी ठोस रणनीति तय गर्न जरुरी भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV