२२ फाल्गुन २०७२, शनिबार

१. नेपाली कांग्रेसको महाधिवेशनको बन्द सत्रमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, छलफलपछि पार्टीको नीति तथा कार्यक्रम पारित गर्ने तयारी ।
२. कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन नभई बिस्तार हुने प्रधानमन्त्री ओलीको दावी, जनताको बिकासको चाहना बर्तमान सरकारले नै पूरा गर्ने ।
३. नेपालले एक तिहाई भूभाग गुमाउनु परेको सुगौली सन्धिको दुई सय बर्ष पूरा, कालो अतितले अहिले पनि स्वाभीमानी नेपालीको मन बिझाउँदै ।
४. विश्वकप आयोजनाको जिम्मेवारी दिने प्रक्रिया निष्पक्ष बनाउने फिफाका नवनिर्वाचित अध्यक्ष जानी इन्फान्टिनोको उद्घोष, प्रक्रियालाई पारदर्शी बनाउन इन्फान्टिनो प्रतिबद्ध ।
५. र, भारतको निर्वाचन आयोगद्वारा विधानसभा चुनावको मिति घोषणा, केरला र तमिलनाडुसहित ५ राज्यहरुमा अप्रिल र मे महिनामा मतदान हुने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV