२२ फाल्गुन २०७२, शनिबार

नेपाली कांग्रेसको महाधिवेशनको बन्द सत्रमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै, छलफलपछि पार्टीको नीति तथा कार्यक्रम पारित गर्ने तयारी

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको तेस्रो दिन आज पनि पार्टीको नीति तथा कार्यक्रममाथि बन्द सत्रमा छलफल हुँदैैछ । अहिले बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गरेको पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो ।

kan
बन्द सत्रको पहिलो सत्र मध्यान्न १२ बजेसम्म चल्नेछ । त्यसपछि दुई घन्टाको विश्रामपछि अपरान्ह २ बजेदेखि सुरु हुने बन्द सत्रबाट पार्टीको नीति तथा कार्यक्रम छलफलपछि पारित गर्ने तयारी कांग्रेसको छ । बन्द सत्र आज बेलुकासम्म सकिने र भोलि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसअघि शुक्रवारको बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको सागठनिक र कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन पेश भएका थिए ।
फागुन २३ गतेसम्म चल्ने महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि भने राष्ट्रिय सभा गृहमा आगामी २३ गते विहान ९ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा २ सय ४० वटा निर्वाचन क्षेत्रका २ हजार ८ सय ८०, १८ वटा भातृ संस्था र शुभेच्छुक संस्थाका ९८, विदेशस्थित १७ वटा जनसम्पर्क समितिका १ सय २६ तथा ८४ जना केन्द्रीय सदस्यसहित ३ हजार १ सय ८८ जना प्रतिनिधि सहभागी छन् ।

LIVE TV