एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनले सबै आणविक हतियारलाई तयारी अवस्थामा राख्न आदेश दिएका छन् । उनले आफ्ना सैन्य नेतृत्वलाई हमलाका लागि तयार रहन भनेको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
तर, उत्तरले आणविक हतियार बनाइसकेको दाबी गरे पनि त्यसको सत्यतामाथि आशंका व्याप्त छ । राष्ट्रसंघले बुधबार मात्रै हालसम्मकै कठोर नाकाबन्दी घोषणा गरेको थियो ।
गत जनवरीमा उसले कथित हाइड्रोजन बम परीक्षण गरेको थियो र त्यसपछि लामो दूरीको रकेट प्रक्षेपण गरेको उत्तरलाई सबक सिकाउन राष्ट्रसंघीय सुरक्षा परिषद्ले नयाँ प्रतिबन्ध लगाएको हो । यसको जवाफस्वरुप उत्तरले बिहीबार ६ वटा छोटो दूरीका छेप्यास्त्र परीक्षण गरेको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।