२२ फाल्गुन २०७२, शनिबार

 

काठमाडौं । विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ ।

जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने १ करोड ४७ लाख मात्रै भई ६ करोड ६४ लाख रुपैयाँ बचत गरेको अाजको राजधानी दैनिकमा समाचार छ ।

kan

अन्य वर्षहरुमा भने आय व्यय केही कम देखिएको छ । आर्थिक वर्ष २०६७/६८ मा ३ करोड ८३ लाख, ८७ हजार आम्दानी भएकामा ३ करोड ९४ लाख खर्च भएको छ ।

यस्तै, आर्थिक वर्ष २०६८/६९ मा ८६ लाख ५२ हजार आम्दानी भएकामा ८६ लाख १६ हजार खर्च भएको छ । सो वर्ष कांग्रेसले ३५ हजार रुपैयाँ बचत गरेको देखिन्छ । आर्थिक वर्ष २०७०/७१मा कुल  ३ करोड, ९ लाख आम्दानी भएको घ भने ३ करोड ३७ लाख खर्च भएको छ । सो वर्ष कांग्रेसले २७ लाख घाटा वेहोरेको छ । चार आर्थिक वर्षमध्ये दुई आर्थिक वर्षमा घाटामा गएको छ ।

प्रतिवेदन अनुसार विभिन्न बैंक खातामा गरी १८ फागुन २०७२ सम्म ६ करोड ६७ लाख रुपैयाँ नाफा मौजाद रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV