
छट्पटाउँदै मरिन्। २२ वर्षीया भीमा उपचार नपाएरै मर्नु परेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
उनको बच्चा भने जिवितै रहेको स्थानीय शिक्षक सञ्जय ढकालले बताए। घरेलु उपचारको भरमा दिभरी पर्खेकी उनलाई अन्तिम अवस्था भएपछि एकदिनको बाटो बोकेर माछाखोला स्वास्थ्य चौकी लगिएको थियो। तर बाटोमा नै मृत्यु भएको सुकबहादुरको भनाई छ।
उनी भन्छन्–सुत्केरी हुन नसकेर हाम्रो दुर्गम ठाउँमा धेरै सुत्केरीले मर्नुपर्छ।’ गाडी चल्ने ठाउँमा पुर्याउन गाउँबाट करिब दुई दिन हिँड्नु पर्ने उनको भनाई छ। ‘गाडी सोतीसम्म मात्र आइपुगेको छ, उनले भने,‘माथिका १० वटा गाविसमा बाटो छैन। गाडी चल्दैन।’
काशीगाउँ, केरौंजा, उहिया, सिर्दिबास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र घेकम्पार गाविसमा अहिलेसम्म सडक पुगेको छैन।