२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, वैदेशिक रोजगार व्यवसायी संघले आइतबारदेखि सम्पूर्ण वैदेशिक रोजगार व्यवसाय कार्यालय बन्द गर्ने घोषणा गरेको छ ।

संघले कार्यालय बन्दसहित पूर्व र अन्तिम स्वीकृतिको कार्यपनि अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।

Capture

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राज्यका अंगले आतंकित बनाएको, सरकारले तोेकेको सेवा शूल्क कम भएको भन्दै कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएको जनाएको हो ।
केहि दिनअघि राजधानीका केहि म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।
म्यानपावर कम्पनीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जान लागेका सयौं व्यक्ति प्रभावित हुनेछन् ।

संघका अध्यक्ष विमलप्रसाद ढकालले रोजगारीमा जानबाट व्यक्तिहरु प्रभावित भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
वैदेशिक रोजगार व्यवसायीहरु निर्भयतापूर्वक कार्यालय खोलेर काम गर्न पाउने वातावरण बनाउन, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन अनिश्चितकालिन कार्यालय बन्द गर्ने निर्णय गरेको संघको दाबी छ ।

संघले १० हजार रुपैयाँ सेवा शूल्क लिएर काम गर्न नसक्ने पनि जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV