२१ फाल्गुन २०७२, शुक्रबार

सरकारसँग वार्तारत सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समुह संघीय समाजवादी फोरम नेपालमा समाहित भएको छ ।

xxx

शुक्रबार वीरगन्जमा फोरम नेपालले आयोजना गरेको कार्यक्रममा पृथ्वी समुहका केन्द्रीय अध्यक्ष महाराजा यादव, केन्द्रीय सदस्यहरु सुदर्शन सिंह, यागेन्द्र यादव र पर्सा जिल्ला संयोजक आसमन यादवसहितका नेताहरु फोरम नेपालमा प्रवेश गरेका हुन्।

उनीहरुले फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेपछि पृथ्वी समूह अध्यक्ष यादवको पार्टीमा समाहित भएको हो । पृथ्वी समूहका पदाधिकारी र सदस्यहरुलाई फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबिर टिका लगाएर स्वागत गरेका थिए ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका गरि करिब पाँच सय कार्यर्ताहरु पनि फोरम नेपालमा प्रवेश गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रमलाई फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्धी, केन्द्रीय सदस्यहरु करिमा बेगम, वीरेन्द्र यादव, प्रमोद गुप्ता, बच्चा यादव, रामकिशोर यादव र समाजसेवी रामनरेश प्रसाद यादव लगायतले पनि सम्बोधन गरेका थिए ।

 

LIVE TV