२१ फाल्गुन २०७२, शुक्रबार

पोखरा लामाचौर स्थित भुनपुरे नजिकैको बारीमा शुक्रबार बिहान गोली लागेर मरेको एक चितुवा फेला परेको छ ।

888

जिल्ला पशु सेवा कार्यालयमा पोष्टमार्टमपछि चितुवालाई गोली लागेको पत्ता लागेको हो । चितुवाको गर्दनमा गोली लागेको प्वालसमेत छ । ‘घाँटीको दाया भागबाट पसेको गोली बाया भाग हुँदै निस्केको जस्तो देखिन्छ,’ पशु चिकित्सक फणिन्द्र ढकालले भने, ‘चितुवाको अवस्था हेर्दा गोली लागेको जस्तै देखिन्छ ।’ उनका अनुसार चितुवालाई २ एमएमको गोली लागेको छ ।

चितुवा मारिएको खबर गाउँलेले वडा प्रहरी कार्यालय बगरलाई गरेका थिए । प्रहरीले खबर गरेपछि जिल्ला वन कार्यालयको टोली घटनास्थल पुगेको थियो । चितुवालाई कसले गोली हानेको हो भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV