
काठमाडौँ, केन्द्रीय अनुसन्धान व्यूरोले (सिआइवी) सरकारी अस्पतालमा कार्यरत रहेका नक्कली प्रमाणपत्रधारी अर्का एक डाक्टरलाई पक्राउ गरेको छ। व्यूरोबाट खटिएका प्रहरीले जिल्ला अस्पताल डोटीमा मेडिकल अधिकृतका रुपमा कार्यरत ४७ वर्षीय सुजित कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
व्यूरोले धमाधम नक्कली प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गर्न थालेपछि अस्पतालबाट काठामाडौं आइ बसेका श्रेष्ठलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको हो । व्यूरोका एसपी दिवेश लोहनीका अनुसार पक्राउ परेका श्रेष्ठमाथि सरकारी छाप दस्तखत किर्ते तथा नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गत आवश्यक अनुसन्धान भैरहेको छ।
व्यूरोले यसअघि १३ जना नक्कली प्रमाणपत्र धारी डाक्टरहरुलाई पक्राउ गरीसकेको छ। बिहीबार पक्राउ परेका श्रेष्ठ काठमाडौं थानकोट चुनिखेलका हुन्। उनको आइस्सिको प्रमाणपत्र नक्कली रहेको एसपी लोहनीले जानकारी दिए। श्रेष्ठले पनि चीनबाट एमविविएस उत्तिर्ण गरेको प्रमाणपत्र मेडिकल काउन्सिलमा पेस गरेका छन्।