२१ फाल्गुन २०७२, शुक्रबार

डडेल्धुरा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालावन्दी गरेका छन् । विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरि क्याम्पसमा भईरहेका अनियमितता तथा भ्रष्टाचारका विरुद्ध आफुहरुले आन्दोलनको उठान गरेको बताएका छन् ।

TALABANDI

डडेल्धुरा क्याम्पसमा कर्मचारी भर्नादेखि परिक्षा संचालनमा समेत क्याम्पस प्रमुखले राजनिति गरेको आरोप विद्यार्थीहरुको छ । क्याम्पस प्रमुखको कार्यकक्ष, लेखाशाखा तथा प्रशासनमा तालावन्दी गएिको छ । तालावन्दी पश्चात क्याम्पसका सम्र्पुण कक्षाहरु वन्द रहेका छन् । आफ्ना मागहरु पुरा नभएसम्मका लागि तालावन्दी यथावत रहने संयुक्त विद्यार्थी आन्दोलन परिचालन समितिका संयोजक सुरेन्द्र मल्लले बताउनुभयो ।

विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्ची फाल्नुका साथै कार्यकक्षमा तोडफोड गरेका छन् यसैगरि क्याम्पसमा आवास बनाएर बसेका भन्दै क्याम्पसका सहायक क्याम्पस प्रमुख जगदिश पौडेलको कोठामा तोडफोड गरिएको छ । क्याम्पस लाई अधोगति  तर्फ पु¥याउनमा महत्वपुर्ण भुमिका निभाएका भन्दै पौडेललाई दुईदिन भित्र क्याम्पसबाट आवास सार्न विद्यार्थीहरुले माग गरेका छन् ।

LIVE TV