२१ फाल्गुन २०७२, शुक्रबार

शुक्रबार देखी दुइ फिल्म ड्रिम्स र फुलै फुलको मौसम तिमीलाइ प्रदर्शनमा आएका छन ।फिल्मको नायक र निर्माताको रुपमा स्थापित भइसकेका भुबन केसिले निर्देशन गरेको फिल्म ड्रिम्स हो ।ड्रिम्समा अनमोल केसि ,साम्राज्ञ लक्ष्मी,सन्ध्या केसि मुख्य भुमीकामा रहेका छन ।

14

युव पुस्ताको लब स्टोरीलाइ फिल्मले प्रस्तुत गरेको छ । निर्देशक दिनेश डिसि द्धारा निर्देशीत फिल्म फुलै फुलको मौसम तिमीलाइ पनि यही शुक्रबार देखी नै प्रदर्शनमा आएको छ ।

full

फिल्ममा आमेश भण्डारी निता ढुङ्गाना मुख्य भुमीकामा रहेका छन ।निर्देशनमा सफल मानियका दिनेशको फुलै फुलको मौसम तिमीलाइ पनि आशा गरीएको फिल्मको रुपमा हेरीएको छ । प्रियंका चोपडा अभिनित बलिउड फिल्म जय गंगाजल पनि शुक्रबार देखीनै प्रदर्शनमा आएको छ ।

12

फिल्ममा निर्देशक एबंं निर्माता प्रकाश झा पनि मुख्य भुमीकामा रहेका छन ।पुलिस प्रसाशनमा ब्याप्त भ्रस्टाचारको बिषय बस्तुलाइ फिल्मले पर्दामा प्रस्तुत गरेको छ । हलिउड फिल्म लण्डन ह्याज फलन र जुमानिया प्रदर्शनमा आएका छन ।

13

अमेरीकन एक्सन थ्रिलर ओलम्पस ह्याज फलन र ह्वाइट हाउस डाउनको सिक्वेल लण्डन ह्याज फलन हो भने जुमानिया वाल्ट डिज्नीको बालबालिकालाइ लक्षीत गरी बनाइएको मुभि हो ।

15

हाम्रो देशका दुइ र बिदेशका तिन गरी कुल पाँच फिल्मको भिडन्तमा कुन फिल्मले बाजि मार्ने हो त्यो केही समय पछि मात्र थाहा हुने छ ।

 

LIVE TV