२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, बंगलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले गंगा, ब्रम्हपुत्र र मेघना नदीको  जल ब्यवस्थापनले नेपाल, भुटान, भारत र बंगलादेशका जनताको गरिबी निवारण गर्न सकिने बताउनुभएको छ ।

download

काठमाण्डौंमा आयोजित साक्षात्कारमा उहाले गंगा, ब्रम्हपुत्र र मेघना नदीको पानी र त्यसबाट निस्कने ८० हजार मेघावाट विद्युतले यस क्षेत्रको पानी र उर्जाको संकट अन्त्य गर्ने भएकोले यसमा साझेदारीको आवश्यकता  रहेको  बताउनु भयो ।

बंगलादेशी सञ्चार मन्त्री इनुले बंगलादेशको स्वतन्त्रता संग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको भन्दै बंगलादेशका दिपकंर बुद्धको दोस्रो घर नेपाल भएकोले दुई देश सास्कृतिक बन्धनमा बाधिएको बताउनुभयो । उहाँले दुई देशवीच आर्थिक, पर्यटन र साँस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुयभो । उहाँले अहिले ७ हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेकोमा सडक बाटो खुल्ला भएसंगै यो संख्या बढ्ने दावी गर्नुभयो । उहाँले नेपालको हिमाल, पहाड हेर्न बंगलादेशी र बंगलादेशको नदि, सामुद्री किनार हेर्न नेपाली पर्यटक जान सक्ने बताउनु भयो ।

उहाँले दुई देशबीच हवाई सम्पर्क रहेको र अब रोड नेटवर्क पनि खुल्ला भएकोले थप सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बंगलाबन्ध र फुलबारी सँगै मंगलपुर चितगाउँको बन्दरगाह पनि नेपालको लागि खुल्ला भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV