२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, नाकाहरु सहज हुँदै गएपनि इन्धन अझै सहज बन्न सकेको छैन । दैनिकरुपमा ठूलो परिमाणमा इन्धनहरु भारतका बिभिन्न नाकाबाट नेपाल आयात भइरहेपनि सवारी साधनहरुले इन्धन पाउन अझै सास्ती भोग्नु परिरहेको छ । तर मूल्य बढी तिर्नुस इन्धन जति पनि पाइन्छ , यस्तै अवस्था छ देशभर । नाकावन्दीको दौरानमा मौलाएको इन्धनको कालोबजारी अझै पनि पछि फर्कने अवस्था छैन ।

line 64

 

बेनी नगरपालिकास्थित गलेश्वरमा रहेको रगुगंगा आयल स्टोरमा इन्धन लिन गएका ना ३ ख ४५७४ का चालक दुर्गा बुढा मगरलाई कर्मचारीले इन्धन सकिएको प्रतिक्रिया दिए । यात्रु लिएर जिल्ला बाहिर जानुपर्ने बुढाले तत्कालै बागलुङ भगवती यातायात सेवामा कार्यरत राम केसीलाई खवर गरेको केही समयमै प्रतिलिटर १ सय ५० रुपैयाँमा डिजेल बसपार्कमा आयो । पम्पका कर्मचारीसंग मिलेमतोमा सस्तो मुल्यमा इन्धन खरिद गरी चर्को मुल्यमा विक्रि गर्ने गरेको भन्दै केसीले प्रहरीलाई जानकारी गराए । प्रहरीले सुचनाका आधारमा छापा मारेर फ्रेन्डसिप ओट इन्जिनियरिङका संचालक यज्ञराज थापाबाट २५० लिटर डिजेल, १०० मिटर पेट्रोल, बेनपा–९ गलेश्वर लक्की केसीको घरबाट ५० लिटर डिजेल, १५ लिटर पेट्रोल र मोहन केसीबाट ३५ लिटर पेट्रोल बरामत गरिएको प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूङले जानकारी दिनुभयो । इन्धनको सहज ब्यवस्थापन भएपनि कालोबजारीले महँगोमा विक्री गर्ने गरेको गुनासो आइरहेको भएपनि प्रहरीले नियन्त्रण गर्न सकेको थिएन् । यातायात ब्यवसायीले पम्पका कर्मचारी र संचालकले कालोबजारीसंग मिलेमतो गरी रातारात विक्री गर्ने गरेकाले इन्धनको संकट कायमै रहेकाले बाध्य भएर प्रहरीलाई सुचना दिएको बताएका छन् ।

यातायातको क्षेत्रमा काम गर्नेहरू कालोबजारीमा संलग्न रहेकाले पनि समस्या बढेको प्रष्ट छ । प्रशासनले तोकेको इन्धन समेत पम्पले उपलब्ध गराउन आनाकानी गर्ने गरेको भन्दै कालोबजारीको अन्त्य नभएसम्म सहज रुपमा इन्धनको सहज आपुर्ति नहुने भाडाका सवारी चालकको भनाई छ । प्रहरीले छापा मारेपछि एकले अर्कोको पोल खोलेपछि अनुसन्धानमा सहज भएको प्रहरीले जनाएको छ । भाडाका सवारीसाधनलाई सहज इन्धनको ब्यवस्था गरिएपनि मनपरी भाडा लिने गरेको अवस्थामा प्रशासनले स्थलगत अनुगमन गरेरै कारवाही गरेपछि भाडाको पुरानै कायमै भएपनि कालोबजारबाट इन्धन विक्री वितरणको गुनासो आइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन स्रोतका अनुसार म्याग्दीमा रहेका तीनवटै पम्पको वितारण बारे गुनासो आउने गरेको छ । कालोबजारीको आरोपमा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

सवारी चालकले पोल खोलिदिएपछि म्याग्दीमा इन्धनको कालोबजारी गर्नेहरु धमाधम प्रहरीको फन्दामा

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV