काठमाडौँ, नेपाली कांग्रेसको आगामी नेतृत्वको निम्ति ६४ पदकालागि ३ सय ७५ जनाको मनोनयन परेको छ । शुक्रवार दर्ता गराउनेमा सभापति पदकालागि तीन तीन जना र कोषाध्यक्षकालागि ४ जनाको मनोनयन परेको छ ।
कांग्रेस महाधिवेशन निर्वाचनकालागि मनोनयन दर्ता गराउनेमा २५ खुलामा ९४ जना, ६ जना महिलाकोलागि ४० जना, ३ सिटको जनजाति पुरुषकोलागि ५० जना र २ सिटको महिलाकोलागि १४ जनाको उम्मेदवारी परेको छ । यस्तै गरी मधेसी ३ पुरुषकालागि १८ र २ महिलाकोलागि १० जनाको उम्मेदवारी परेको छ । मुस्लिम समुदाय १ जनाको लागि १० र १४ जना प्रदेशकोलागि १०२ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस निर्वाचन समितिले शुक्रवार २ बजेसम्मकालागि मनोनयन दर्ता गराउन समय तोकेको थियो । निर्वाचन समितिका अनुसार नामावली संशोधन दावी साँझ ५ वजेसम्मकालागि र अन्तिम नामावली प्रकाशन समय साँझ ७ वजेसम्मालागि तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेकोलागि शनिवार विहान ९ बजेदेखि ११ वजेसम्मकालागि छुट्टाईएको कांग्रेसले जनाएको छ ।