२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष जोडिने औषधिमा कालोबजारी गरेको अभियोगमा दुई कम्पनीमा प्रशासनले छापा हानेको छ ।

बजार मूल्यभन्दा चर्को मूल्यमा औषधि बेचेर कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर टेकुले दुई औषधि उत्पादक कम्पनीमा छापा हानेका हुन् ।

Deurali-Janata-Drogs-Udyog_987633109

प्रहरी र प्रशासनको संयुक्त टोलीले नारायणहिटी दराबारको उत्तर ढोकास्थित लोमस फर्म्यास्युटिकल्स र देउराली जनता फर्म्यास्युटिकल्सको कार्यालयमा छापा मारेको हो ।
दुई औषधि कम्पनीमा छापा हान्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी र महानगरीय प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापासहितको टोली पुगेको हो ।

 

प्रहरी र प्रशासनको टोलीले दुबै कम्पनीको कार्यालयबाट औषधि उत्पादन तथा विक्रीसम्बन्धी कागजात जफत गरेको छ ।

लोमस फर्मा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप जंग र उनका भाइ प्रज्वल जंग पाण्डेले सञ्चालन गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV