२१ फाल्गुन २०७२, शुक्रबार

पोखरा, विहीबार पोखराको पत्रकार सम्मेलनमा नयाँ शक्तिका संयोजनक डा. बाबुराम भट्टराईले आक्रोसपूर्ण चुनौति दिँदै भने ‘नयाँ शक्ति अब सानातिना माओवादीभन्दा धेरै ठुलो भइसक्यो, सानातिनाको जवाफ म फर्काउँदै हिड्दिन’।

prachanda-baburam

भट्टराईले आक्रोसपूर्ण चुनौति दिँदै भने ‘प्रचण्डजीलाई आगमी चुनावमा मसँग लड्न चुनौति दिन्छु, गोरखाका जनताले प्रचण्डलाई रोज्छन् या मलाई, त्यसको छिनोफोना आगमी चुनावमा गरौला’

केही दिनअघि गोरखाबाट चुनाव लडेर जित्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई चुनौति दिएका थिए । भट्टराईकै गृहजिल्ला पुगेर प्रचण्डले चुनौति दिएपछि जवाफमा भट्टराईले आफुसँग चुनाव लड्न चुनौति दिए । उनले प्रचण्डको भनाईलाई गोरखाली जनताले उत्तर दिइसकेका बताए । एमाओवादी र आफुले भट्टराईलाई प्रधानमन्त्री बनाएको बताउँदै उनले पार्टी र गोरखाली जनतालाई धोका दिएको बताएका थिए ।

भट्टराइले नयाँ शक्ति देशकै ठुलो पार्टी भएको दावी गर्दै नागरिकको सहारा पार्टी बनेको समेत बताए । उनले कार्तिकपछि मात्र आफ्नो पार्टीले योजना बनाएको उल्लेख समेत गरे ।

 

LIVE TV