२१ फाल्गुन २०७२, शुक्रबार

उत्तर कोरियाका नेता किम जोङ उनले परमाणु हतियार प्रयोग गर्न तयार रहन आफ्नो देशका सैनिकलाई निर्देशन दिएका छन्।

north-korea

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले आफू विरुद्ध नयाँ प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पारित गरेको प्रस्ताव लतत्तै छोटो दूरीमा काम हान्नसक्ने मिसाइल समुन्द्रमा परीक्षण गरेको समाचार सार्वजनिक हुनेवित्तिकै सेनालाई परमाणु हतियार प्रयोग गर्न तयार हुन निर्देशन दिएको समाचार सार्वजनिक भएको हो। उत्तर कोरियालो सो निर्णयसँग कोरियाली प्रायद्विपमा तनाव झन बढेको छ।

north-korea-missile-test-2
‘उत्तर कोरियाको परिमाणु शक्तिलाई हरेक प्रकारले बढाउनुपर्ने आवश्यकता छ,’ किमले भने,’ ताकि हामी कुनै पनि बेला देशको रक्षा गर्न सकौं। अब हामीले आफ्ना सेनालाई परमाणु हतियारको प्रयोग गर्न दिनुपर्छ किनभने हामी आफ्ना शत्रुको समना गर्न सक्षम हुन जरुरी छ।’ उनले आफ्ना शत्रुलाई जवाफ दिन सेना सक्षम हुनुपर्ने बताए।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाले फेब्रुअरीमा मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ। उत्तर कोरियाले छोटो दूरीसम्म मार हान्न सक्ने मिसाइल प्रयोग गरेपछि दुईदेशबीचको तनाव उत्कर्षमा पुगेको छ।

LIVE TV