२१ फाल्गुन २०७२, शुक्रबार

बार्सिलोनाले भालेकानोलाई फराकिलो अन्तरले हराउने क्रममा मेसीले २३, ५३ र ७२ औं मिनेटमा ह्याट्रि पुरा गरे

लियोनेल मेसीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा अन्तरगत रोयो भालेकानोविरुद्धको खेलमा बार्सिलोनाले ५–१ को फराकिलो जित निकालेको छ ।

Messi_949014680Messi_949014680

रोयो भालेकानोको मैदानमा भएको खेलमा मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले रियल मड्रिडको ३४ खेलमा अपराजित रहेको २७ वर्ष पुरानो रेकर्ड पनि तोडेको छ ।

बार्सिलोनालाई जिताउने क्रममा खाता भने खेलको २२ औं मिनेटमा इभान राकिटेकले गोल गरे । अर्को गोल आर्डा टारुनले गरे । भालेकानोका लागि एकमात्र गोल मान्युचोले गरेका थिए ।

यो जितपछि २७ खेलबाट ६९ अंकसहित बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । उसँगै २७ खेल नै खेलेको एट्लेटिको मड्रिड ६१ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

उपाधिको अर्को दाबेदार रियल मड्रिड भने २७ खेलबाटै ५७ अंकसहित लिगको तेस्रो स्थानमा छ । ऊ उपाधि दौडमा बार्सा भन्दा १२ अंकले पछि परेको छ ।

 

LIVE TV