
शुक्रबार कोटेश्वर ३५ नरेफाटबाट रेड पाण्डासहित २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबि )ले पक्राउ गरेको छ |
कोटेश्वर प्रहरीको सहयोगमा सिआइबिले पिछा गर्दा मरेको रेड पाण्डा सहित नारेफाटबात पक्राउ गरेको हो | यसबारे बिस्तृत विवरण आउन बाकी रहेको छ | बिस्तृत जानकारी प्रहरीले आजै दिउसो पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने कोटेश्वर प्रहरी प्रभाग प्रमुख उद्दब सी भाटले जानकारी दिनु भयो |