२१ फाल्गुन २०७२, शुक्रबार

नेपाली कांग्रेसको सभापतिका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले आज मनोनयन दर्ता गर्दै हुनुहुन्छ ।

poudelnsitaula
कार्यवाह सभापति रामचन्द्र पौडेलले अहिले विहान नौ बजेपछि मनोनयन दर्ता गराउनुहुनेछ भने अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि केहीबेरमा मनोनयन दर्ता गर्ने तयारी गर्नुभएको हो । सभापतिका अर्का उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवाले भने पार्टी सभापति पदमा हिजै उम्मेदवारी दर्ता गराइसक्नुभएको छ् । पार्टी केन्द्रीय कार्यालय सानेपामा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउने देउवा पहिलो नेता हुनुहुनछ । मनोनयन दर्ता समय आज मध्यान्ह १२ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV