२१ फाल्गुन २०७२, शुक्रबार

विश्वमै दुर्लभ मानिएको रेडपाण्डा हाब्रे नेपालमा सालकपछिको दुर्लभ बन्यजन्तु हो । विश्वमै दुई हजार पाँच सयको हाराहारीमा पाइने रेडपाण्डा नेपालको पूर्वीपहाडी जिल्लामा दुई सय १५ को संख्यामा रहेको पाइएको छ । तर, पछिल्लो दिनमा रेडपाण्डा चोरी–शिकारी बढेकाले यसको संख्या घट्दै गएको छ । केही वर्षअघि चेतना अभावमा स्थानीयले नै रेडपाण्डा शिकार गर्ने गर्थे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV