२१ फाल्गुन २०७२, शुक्रबार

भौतिक मल्ल  ,
घाम गतिलै चम्केको थियो । अल्छी पनि महंगै लागेको थियो । बोल्न नि घिटी -घिटी गरु जस्तो । आलश्यले मन थिला -थिला भएको थियो । रत्नपार्क जस्तै न्युरोडको भुगोलपार्क पनि हिजो ,अस्ती जस्तै बेरोजगार र प्रेम भोगी लालजोडीहरु खरीद गर्न ब्यस्त देखीन्थ्यो कुना -कुना बेतुक राजनैतीक गफहरु फलाकेको पनि सुन्न पाइन्थ्यो । नयाँ शक्ती पुरानो शक्ती र खिया लागेकाशक्तीहरुको बयान दह्रै सुन्नीन्थ्यो । पागलहरुले पनि पार्कमा आफनो र्बच्श्व कायमै राखेका थिए । खाते र सडक बालबालीकाहरुको पनि उपस्थीती बाक्लै थियो । मानौँ लगभग सामानुपातीक हिसाबले सबैको उपस्थीती दह्रै थियो ।

bhautik gggggggggggggg

 

लेखक 
बेरोजगारहरुको पाठशाला हो सायद त्यहाँ पढाई हुन्छ । पार्क भित्र छिर्न मनले जर्बजस्ती गरीरहेको थियो । आइपर्यो  पनि त्यस्तै न्युरोडका एकजना  मित्र बिदुरलाई भेटनु थियो उहाँलाई भेटनको लागी पुगेको थिएँ तर केही कामको लागी बाहीर गएको हुनाले केही समय कुर्नु पर्ने बाध्यता आइपर्यो  एकआधा घण्टाको लागी त्यतै कुर्नुस म आउछु भनेकोहुनाले मेरो उपस्थीती पनि भुगोलपार्क बाहेक अनेत्र संभावना देखिएन  ।

एक त अपरीचीत जिन्दगी त्यसैमा अपरीचित शहर अनि भोगाई बाफरे बाफ क्या गजब छ जिवन अंह कसैलाई चिने जस्तो लागेन सायद चिन्नु पनि कसरी कोही परिचित  मुहार खोज्ना दौडीदै थिए मेरा आँखा तर संभावना न्युन एकदमै न्युन थियो । किनकी त्यो मेरो गाँउको साझे आँगन र पारी डाँडाको देउराली थिएन जहाँ म आफना आफन्तहरु सजिलै पाउन सकु र चिन्न सकुँ जहाँ मेरी गाँउकी गोठाल्नी मैयाँहरुलाई सजिलै जिस्काउन सकुँ । लुकी लुकी खेल्न सकुँ हैट जंगली तँ शहरमा छस यहाँ यस्तै हून्छ । गाँउमा आधा कपडा लगाउनेहरुलाई बेइजती भन्छन शहरमा पुरा कपडा लगाउनेहरुलाइ बेईजती भन्छन फरक छ बिल्कुल फरक छ आखीर यो शहर न हो । रहरहरुको खेती गर्दै शहर पसेकाहरुको बाक्लो जमात हुन्छ यहाँ त्यसैले रहरहरुमा किनिन्छन र बेचिन्छन मान्छेहरु ।
सडकमा हिडेको पनि पैसो लाग्ने जमानामा पार्कमा छिर्न के थिए प्राबधान मलाई थाह छैन । सुटुक्क पसेँ  बिश्व बिद्यालय छिरे जस्तै गरी हान्नीए उतै -उतै । एक हुल जोडी भित्रिन्थ्यो एकहुल बाहीरीन्थ्यो ।कतै म मात्रै पो एक्लो होकी काउकुती लगाईदिन्थ्यो । बडो अनौठो संस्कारको अनुभुति गर्न पाइन्थ्यो । सायद पार्क छिराई यो पहिलो त पटक्कै हैन । मानौँ यो संयोग हो । जिवन पनि त आखीर संयोग न हो ।अनुभुतिको सागर कहिल्यै एउटै गतिमा बग्दैन र एउटै ढंगले छाल हान्दैन । हो त्यस्तै भएको मात्रै हो । आफै प्रश्ना गर्थे आफै उत्तर दिन्थे मान्छेहरुको भिडमा पनि एक्लोपनको सिरक ओडीरहेको थिएँ । बस्नुत पात बिनाको रुखको छहारीमै बसीरहेको थिए । गर्मीले भत्तभत्ती पोलीरहेको थियो निधारमा चिट चिट पसिना पनि निक्लीरहेका थिए ।

 

xxx
भुगोलपार्क न्युरोड काठमाडौँ 

सरासर भित्र छिरेँ बस्ने ठाँउको अलि अभाबै रहेछ । जनसंख्या बढी भएर होकी ठाँउ सानो भएर हो आकलन गर्न सकिन । बस्ने ठाँउको लागी भौतारीरहेको थिए । उभिन रत्तीभर सकीने स्थीती थिएन । अनिदोलो आँखा पोलीरहेका थिए । उभिन झ्याउ  लागीरहेको थियो । घाममा हेर्न समेत अल्छी लागी रहेको थियो । जागर पटक्कै लागेको थियन ।
एकछीन पछि एउटा फलामको बेन्च खाली भयो त्यसमा  बसेका दुइ जना अंकलहरुको डिउटी भ्याइयो क्यार उहाँहरु जानु भयो । पालो आउला त सोचेकै थिइन । रुखको फेदी मुनी उभिरहेको थिए । एकतमासले टोलाइरहेको थिए । अब बस्न पाइन्छ मनमनै सोच्दै थिए  ।

सोही बेन्चमा एकजनी पुतली खुब मजाले पुस्तक हेरीरहेकी थिइन । लाग्थ्यो उनि कुनै आयोगको तयारी गरीरहेकी छिन प्रेम आयोग हो या लोकसेवा आयोग टाढाबाट आकलन गर्न धौ -धौ परीरहेको थियो । उनको त्यो तपश्या हेर्दा बुद्धले समेत फेल खाने स्थीती देखिन्थ्यो  । यस्तो लाग्दै थियो उनको पुस्तक भन्दा बाहीर कुनै दुनिया नै छैन ।आर्कषण त्यतैतिर थियो । बस्न मन लागीरहेको थियो अझ भनौँ उनि नजिकै उनकै सामीप्यतामा तर भन्न त सकिरहेको थिइन ।

यो मर्दत्व हो या यौन शोषण मलाई थाह छैन । तर उनि नजिक नै बस्न मन भने जरुर लागीरहेको थियो । बस अलि टाढा निस्फीक्री उभीरहेको थिए । सायद बुझीन क्यार उनले बुझकी  रैछीन मोरी राखेको झोला हातमा लगीन र बस्ने संकेत गरिन  । भाषा प्रस्टै बुझिन्थ्यो ।  बस्ने अनुमति दिएको अनुभुती गर्दै मख्ख पर्दै आफनो पुरुषत्व जनाँए । तत्काल बोल्ने आँट भने गरीन तर उनले के सोचीन त्यो भने थाह छैन । नभन्दै उनिसंगको पुस्तक नासुको परीक्ष दर्पन पो रच सजिलै आकलन गर्न त सकिन्थ्यो तर त्यो भिडबाडमा बुझना अप्ठेरो हुनु स्वभाबिकै थियो । उनि नासु को तयारी गरीरहेकी रहीछीन । हुनत  नारी प्रतीको हरेक मान्छेको बुझाई  आ आफनै हुन्छ कसैले हृदयदेखी सम्मान गर्छन त कसैले ओठे सम्मान मलाइ थाह छैन मैले सम्मान गर्दै छु या अपमान कि मेरो बिपरीत लिंग प्रतिको आर्कषण र आन्दोलन हो । मेरो आँखा उनको पुस्तक तिर दौडीरहेका थिए । तर बोल्ने आँट भने गरेको थिएन । केही क्षिणको मौणता पछि एकाएक चिज क्रमभंगताम पो गयो ।

सरासर ज्वालै बालीन उनले गतिलै बुज्रुक जस्ती देखीने उनि बोल्न र कुरा गर्न त खप्पीस रैछीन । म पनि के कम राँको सल्काइदिए एउटा सामान्य प्रश्नले बाँध खोलीन प्रश्न सोध्नु अगाडी मलाइ के सोचीन थाह छैन । कन्चनपुर देखी डढेल्धुरा जाने सडकलाई के भनिन्छ । पुस्तकमै केन्द्रीत रहेर पहिलो फायर खोलीन पुस्तकमा भएको प्रश्न ओपन गरीन सायद बोल्ने ढोका  खोलीन म यहि बुझ्दै थिए  । मौणता तोडदै बढीन अगाडी भिमदत्त राजमार्ग सल्काइदिए मशाल त्यसपछि पुस्तकमा दोहोरी खेल्न थालीयो । सायद उनि मेरो परीक्षा लिदैथिइन ।बिकसित राउटे जस्तै लाग्ने हामी पश्चीमेलीहरुको बोलीभाषाबाट पनि छुटयाइन होला सकभर  । एकछिन पछिको दोहरी पछि टक्क अडीएर आफ्नै पारामा  सोधीन अं हजुरको परीचय पाउन सक्छु ? उनि अगाडी बढीन भनिदिए यो शहरमा निशुल्क पाउने भनेको परीचय त होला पाउन सक्नुहुन्छ मजाले आफनो नाम बताँए नाम युनिक भएको प्रर्शशा खन्याइदिइन । गर्मीमा शितल अनुभुति भयो । निधारका पसिना पनि हराई सकेका थिए ।

अनि काम के गर्नु हुन्छ । माखा मार्ने हिहिहि….. मन्द हाँसीन बेरोजगारहरुको देशमा के गर्नु नी हजुर यस्तै हो मेरो मात्र परीचय ? अनि हजुरको नाम ? कल्पना ….. घर गुल्मी हाल यतै पढछु अलाबा जब पनि छ सानो सानो पालीनलाई । पेशा पनि सानो र ठुलो भन्ने हुन्छर आखरि पालीनु त हो नी ठुलो कुरा । की बिलगेटस बन्ने सोच छर कुरो घुमाए । उनले अंग्रेजीमा के के भनीन एस भनेर औपचारीकता पुरा गरीदिएँ अनि पढाई फेरी सोधेँ ? एमए डबल । अनि हजुरको ? औनौपचारीक शिक्षा हासील गरेको छु । जहाँ सम्मा सरकारले निशुल्क पढाउने प्राबधान राखेको छ । आठ ?  अंह हैन पाँच गाँउतिर त्यो प्रणाली लागु भएको छैन हजुरको शहर जस्तो दोहय्राए । हैन उनले पत्याइनन पाँच कक्षा पढेको मान्छेले यसरी कुरागर्न सक्छ ? बिश्वमा असल दर्शन सास्त्रीहरुले बिश्व बिद्यालय पढेनन । भोगाइ भन्दा अर्को महाबिश्व बिद्यालय कहाँ छर दुनियामा धेरेै कुरा भोगेर आएको छु ।

x

फायल फोटो भूगोलपार्क 

उनि केही बेर चुपचाप पुस्तक तिर अडीयन सुनेपनि नसुनेझै गरी अध्ययनशिल बन्न खोजीन लगभग पाँच मिनेटपछि बल्ल बोलीन त्यो चैँ हो तर हजुर नपढेको जस्तो लाग्दैन मलाइ त उनको जिद्धी कायमै रहयो । बिहे गर्नु भाछ नाँई ? अंह कहाँ गर्नु अचेलै सोझै ढाँटीदिए अनि हजुरले ? के भनौँ के नभनौँ बिहे गरेकी छु भनौँ भने श्रीमान आफुसंग छैन नगरेकी भनौँ भने सिन्दुर हाल्नै पर्छ ?हालेकी देखीरहनु भाछ ।नजिक भयो कि माया गरेकै ठान्छन र  सजिलै विश्वास गरिहाल्छन महिलाहरु त्यहि भयर छिट्टै धोका खान्छन मनमनै कुरो खेलायाँ सायद यो पनि त्यसैको परिणाम हुनुपर्छ .।

अनौठो छ महिलाको जिन्दगी थोरै बहकिइन । किन के भएको हो र ? खुल्दुली बढाँए हरेक मान्छेको जिवनका आ आफनै कथाहरु हुन्छन  । मेरो पनि सानो कथा छ जिवनको । भन्नमिल्दैन र ? आँखा जुधाइन आत्मीए बन्न खोजेँ मिल्छ किन नमिल्नु तर संक्ष्ँोपमा सुरु गरीन बिहे गरेको केही दिनमै श्रीमान बिदेश जानु भयो म पढन काठमाडौँ आए घर तिर कुराकानी हुन्थ्यो कहिलेकााही जान्थे पनि श्रीमान संग पनि फोन हुन्थ्यो पछि घरबाट शंकागर्न थाले घरका कुरामा लागेर श्रीमानले पनि शंकागर्न थाले सम्बन्धमा दरार आउन थाल्यो बिस्तारै बिस्तारै घर पनि जान नमिल्ने स्थीतीमा पुग्यो ।यो काठमाडौँ यस्तै छ कसैको जीवनलाई रातरात मालामाल गराउछ कसैलाई कंगाल गराउछ ।

श्रीमान ले उतै अर्की केटी बिहे गरे अनि मेरो जिवन यो स्थीतीमा पुग्यो । उनि फेरी अध्ययन शिल बन्न खोजीन मलाई अभिनय गरे जस्तो लाग्यो । चुपचाप बसीरहेँ फेरी एकछिन पछि क्रमभंगता तोडदै भने बिहे भनेको एकआपसको सम्झौता हो सम्झौता मानुन्जेल हुन्छ । यो आबश्यकतामा तोडीन पनि सक्छ जोडीन पनि सक्छ । प्रेम जस्तो अपरम्पार हुदैन । मेरो धारणा सायद मन छोयछ क्यार पुस्तक पटयाएरै कुरा शुरु  गरीन ।

जिवनका कयौँ कहाली लाग्दा प्रहरहरु र महिलाहरुको बाध्यता महिलाहरुले जानीनजानी महिलामाथी गर्ने हिंशा अनि पुरुषहरुले महिलामाथी गर्ने हिंशा उनका अनेक लाग्दा तर्कन र शब्दहरुमा बिद्रोह झल्कीन्थ्यो उनी तसलीमनसरीन बन्न खोज्थीन बेला – बेला पारीजात हुन खोज्थीन सकीनसकी पुरुषत्वबादी सामाजको बिरोध गर्न भ्याइनभ्याई गर्थीन । तर आत्न्मसमर्पण नै गर्थिन अन्ततः उनले आफना भित्री कुरा दिल खोलेरै भन्न भ्याइन । किन यो शहरमा महिलाहरु कुमारीत्व बेचीरहेछीन त्यसोत महिलाहरुको तुलनामा पुरुषहरु के आफनो कुमारीत्व बेच्दैनन ।

अनौठो तर्कन थियो उनको कुरामा । उनी घोर सर्मथन गरेझैँ अनौठो बिरोध गर्थीन श्रीमान बिदेश हुँदा आफनो यौन पाटनर समेत भएको कुरा छुटाइनन । र अहिले पनि स्वास्थ्यको लागी हप्तामा एउटा स्पेशल यौन पाटनरको खोजीमा रहेको बताइन । कुरो गर्दै थिइन मेरो मोबाइलको घण्टी बज्यो मलाई बिदुर जी ले बोलाएको कुरा बुझीन क्यार उनले । छुटिन मन नलाग्दा नलाग्दै म छुटीन अनुमति खोजे जस्तो गर्दै थिएँ ।
झोलाबाट भिजीट कार्ड निकाल्दै हातमा थमाउदै (सुन्नुसन मलाई एउटा केटा खोज्दीनुसन है ) परीपक्क सकभर उसले पनि बिहे गरेर श्रीमती छोडेको होस बच्चाभएपनि फरक पर्दैन म आफनै बच्चा जस्तै माया गरी पाल्छु उमेरसंग कुनै सरोकार छैन उसले माया गर्न र लिन सकोस बस । खबर गर्नुसन पिलीज यो ठटटा हैन सिरीयसली प्रमीश  आदी इत्यादी ।।।।

प्रतिक्रिया दिनुहोस्

LIVE TV