२० फाल्गुन २०७२, बिहीबार

मोरङ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले सहज र पारदर्शीरुपमा डिजेलको बिक्री वितरण गर्न पम्प व्यवसायीलाई निर्देशन दिएको छ ।

PETROL

सो कार्यालयले आज विराटनगरमा पेट्रोल पम्पका सञ्चालक एवम् ढुवानी व्यवसायीसँगको छलफलमा भारतबाट डिजेलको आयात मागअनुसार नभएकाले उपलब्ध भएको डिजेल इमान्दारीपूर्वक बिक्री गनुपर्नेमा जोड दिएको हो ।

कार्यालयका प्रमुख भुवनराज रेग्मीले दैनिक नौ लाख लिटर डिजेलको पूर्वाञ्चलमा आवश्यता भएपनि भारतको बरौनी रिफाइनरीबाट दैनिक तीनदेखि चार लाख लिटर डिजेल आयात हुने गरेको जानकारी दिए ।

सो कार्यालयका सहायक प्रबन्धक वासुदेव भण्डारीले पेट्रोलिय पदार्थको कालोबजारी रोक्न आयल निगम एक्लैले नसक्ने भएकाले पेट्रोलिय डिलर एसोसिएसन, उपभोक्ता, सञ्चारकर्मी, तथा प्रहरी प्रशासन लाग्नुपर्नेमा जोड दिए ।

कोसी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष मुकुन्दप्रसाद न्यौपानेले पेट्रोलियम पदार्थ समानुपातिक रुपमा सरकारले बिक्री वितरण गर्नुपर्ने बताउँदै अहिलेको असहज परिस्थितिमा कालोबजारी रोक्न कुपन प्रथाबाट डिजेलको बिक्री वितरण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्वाञ्चल पेट्रोलिय ढुवानी व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौलाले भारतबाट आयात गरिएको इन्धन प्रशासनको रोहबरमा पम्पमा खन्याउनुपर्नेमा जोड दिनुभयो । सुनसरी देवानगन्ज गुप्ता आयलका सञ्चालक अशोक गुप्ताले किसानलाई डिजेल बिक्री वितरण गर्न आयल निगमले नदिएको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV