२० फाल्गुन २०७२, बिहीबार

सिन्धुली , कान नसुन्ने व्यक्तिको लागि गीतसंगीतले कुनै अर्थ राख्दैन होला तर उनीहरूको नृत्यले धेरैलाई अचम्भित बनायो। सिन्धुलीस्थित पानीट्यांकी उच्चमाविमा कक्षा १२ मा अध्ययनरत श्रवणशक्ति नभएकी किशोरी नरमाया तामाङ र सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी अञ्जु लामिछानेले नृत्य प्रस्तुत गरे। यो दृश्यले दर्शकमात्रै होइन कार्यक्रममा प्रमुख अतिथि बनेका उपप्रधान एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश सीपी मैनालीलगायतका अतिथि दंग परे।

nnn
उनीहरू कान सुन्दैनन्। आवाजको कुनै भेउ पाउँदैनन्। तर, उनीहरूको माझमा ठूलो साउन्ड बक्समा गीत बजिरहेको छ, ‘छलछल छल्क्यो पानी, पानी झै छल्क्यो जवानी।नजिकै रहेका सांकेतिक भाषाका दोभासेले सुरुवातको संकेत गर्छन् । अनि सुरु हुन्छ श्रवणशक्ति नभएका किशोरीहरूको नृत्य।
कानै नसुन्ने किशोरीहरूबाट नेपाली गीतको स्टेपस्टेपमा गरिएको नृत्यले दर्शक छक्क परे। राष्ट्रिय बहिरा महासंघ नेपालको १९ औं राष्ट्रिय साधारणसभाका क्रममा सिन्धुलीमाढीमा उनीहरूले नृत्य प्रस्तुत गर्दा बहिरा तथा सबलांग दंग परेर थिए।

सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिन माग गरिरहेका बेला यहाँ श्रवणशक्ति नभएका किशोरकिशोरीहरूले नृत्य प्रस्तुत गर्दै आफूमा भएको प्रतिभालाई बलियो रूपमा प्रस्तुत गरेका हुन्।नृत्य हेरेपछि कान नसुने पनि प्रयास गर्दा हुँदो रहेछ भन्ने मान्यता स्थापित गरिदिएको प्रतिक्रिया सहभागीले दिए।

नृत्यमार्फत सांकेतिक भाषा पनि महत्वपूर्ण रहेको भन्दै यसलाई राष्ट्रिय मान्यता दिए सांकेतिक भाषामार्फत नै केही गरेर देखाउन सकिनेमा सांकेतिक दबाब दिइएको छ। नृत्य हेरेपछि उपप्रधानमन्त्री मैनालीले सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिन सरकार लागि परेको बताए।

उनीहरूले नृत्यले फरक क्षमता भएकाले पनि सबलांगको जस्तै गरेर देखाउन सक्ने उदाहरण प्रस्तुत गरेको सहभागी शिक्षिका अभिलाषा कोइराला बताउँछिन् । आफूहरूले लामो समयको प्रयासपछि संगीतकै टाइमिङमा नृत्य गर्न सक्ने भएको कलाकार तामाङले बताइन्। ुआफूहरूले गीत नसुने पनि त्यसको टाइमिङ भने दोभासेको संकेतका आधारमा मिलाउने गरेका छौुं, उनले भनिन्, ‘यसकै आधारमा गीत संगीतमा नृत्य गर्न सक्ने भएका हौं।

अन्य सबालांगको तुलनामा श्रवणशक्ति नभएकाहरूलाई गीत बजाएर नृत्य गर्नु निक्कै चुनौतीपूर्ण भएको दोभासे मीरा विष्ट बताउँछिन्। उनी भन्छिन्, ‘दोभासेको संकेतका आधारमा किशोरकिशोरीहरूले गीतमा नृत्य प्रस्तुत गर्न सफल भएका हुन्। यो उनीहरूको कौशलता हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV