२० फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, । भारत, विहार राज्यका मुख्यमन्त्री नितीश कुमारले वार्ता र सहमतिका माध्यमबाट मुलुकको समस्या समाधान गर्न आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई सुझाव दिनुभएको छ ।

z

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका उहाँले आज मोर्चाका नेतासँग सामूहिक रुपमा भेटवार्ताका क्रममा देशको आन्तरिक समस्यालाई वार्ता र सहमतिका साथ समाधान खोजी मिलेर अघि बढ्न सुझाव दिएको भेटमा सहभागी मोर्चाका नेता रामनरेश रायले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “भेटमा दुईदेशबीचको पारस्परिक हित तथा यहाँको राजनीतिक अवस्थाबारे कुराकानी भयो, हामीले यहाँको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गरायौँ उहाँ ९नितीश० ले वार्ता र सहमतिबाटै अघि बढ्नुस् भन्नुभयो ।”

मधेस आन्दोलनबारे मुख्यमन्त्रीको जिज्ञासामा मोर्चाका नेताले पनि आफूहरु वार्ता र संवादबाटै अघि बढ्न खोजेको तर आन्दोलनको सुनुवाइ नभएको बताएका थिए । सो अवसरमा मोर्चाका नेता अशोककुमार राई, महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला लगायत नेता भेटमा सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV