२० फाल्गुन २०७२, बिहीबार

झापा, विदेश निकासी हुने अम्लिसोको कुचो लादिएको ट्रकभित्र लुकाइछिपाई भारत लैजान लागिएको अवस्थामा काँकडभिट्टामा ठूलो परिमाणमा सुक्खा सुपारी बरामद भएको छ ।

;Kt/L k|x/Ln] a/fdb u/]sf] ? @@ nfv d"No a/fa/sf] bz xhf/ @) lsnf] ;'kf/L;lxtsf] gf=!v ##!! gDa/sf] 6«s . kmf]6f] M dgf]x/ kf]v/]n . /f;;
मेचीनगर–३ स्थित चौधरी कुचो उद्योगबाट लादिएको कुचो बोकेको पिबी १० सिजेड ९८०९ जी नंको भारतीय ट्रकबाट २७४ बोरा सुक्खा सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले कुचोसँगै १६ हजार ४४० केजी सुपारी बोकेर भारत लैजान तयारी अवस्थामा रहेको सो ट्र«कलाई मेची भन्सार कार्यालयको सुक्खा बन्दरगाह परिसरबाटै नियन्त्रणमा लिएको हो । कुचो बोकेका शङ्कास्पद अरु नौ ट्रकलाई आज जाँच गरिने क्रम जारी छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सुक्खा सुपारी भारत निर्यात गर्न प्रतिबन्धित भए पनि कारोबारकर्ताले अवैध रुपमा विभिन्न माध्यमबाट लुकाइछिपाइ सुपारी भारत लैजाने गरेका छन् । कुचो राखिएको ट्रकभित्र लुकाएर सुपारी निकासी गर्न लागिएको फेला परेको यो पहिलो घटना हो । प्रहरीले भारतीय ट्रक र त्यसका सहचालक भारत समस्तीपुर घर बताउने २६ वर्षीय राम प्रवेशलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच इलाका प्रहरी कार्यालय बुधबारेले रु ११ लाख मूल्य बराबरको कपडाको नक्कली भ्याट बिल बनाई इलामको पशुपतिनगरबाट झापा ल्याउँदै गरेको अवस्थामा ग१ज ४९८२ नंको भाडाको पिकअप भ्यानलाई आज नियन्त्रणमा लिएको छ ।

झापा, शान्तिनगर–६ स्थित मेची राजमार्गमा जाँच गर्दा भ्यानमा राखिएको १३ पोका कपडाको नक्कली भ्याट बिल फेला परेको थियो । गाडी र सामान राजस्व अनुुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV