२० फाल्गुन २०७२, बिहीबार

झापा, शनिअर्जुन नगरपालिका–९ स्थित पाँचथर ताप्लेजुङ ओयाक्जुङ होटलबाट लागुऔषधसहित चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

होटलको ६ नं कोठाबाट झापा टागनडुब्बा–७ घर भएका २५ वर्षीय विशाल तामाङ, मोरङ केराबारी–९ घर भएका २० वर्षीय सुनिल सेदेम्बा, इलाम चमैता–२ का २२ वर्षीय रोशन गुरुङ र बरबोटे–४ का २३ वर्षीय हेमन्त मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

उनीहरुका साथबाट फेनारागन ६९ एम्पुल, डाइजेपाम ६९ एम्पुल, लुपिजेसिक ६९ एम्पुल, लागुऔषध, सिरिन्ज एक थान, चुप्पी एक थान दुई मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । अभियुक्त सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV