२० फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक वेबसाइट सुरु भएको छ ।

kp-Oli-21
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार वेबसाइट धधध।यऊअm।नयख।लउ मा लग इन गरी हेर्न सकिनेछ । वेबसाइटमा प्रधानमन्त्री ओलीसँग सम्बन्धित जानकारी लिन सकिने छ । वेबसाइटमा २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सङ्क्षिप्त जानकारी समेत राखिएको छ । नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीका बारेमा जानकारी गराउने उद्देश्य समेत प्रधानमन्त्री कार्यालयले राखेको छ ।

वेबसाइटबारे सकारात्मक सुझाव प्राप्त गर्ने विश्वास लिइएको प्रेस सल्लाहकार दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV