२० फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालीको भाग्य र भविश्यको फैसला नेपालीले नै गर्दा के गल्ती भयो भन्दै प्रश्न गरेका छन् ।

22

मञ्चबाट हिड्नै लागेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोसयिारीलाई एकछिन भन्दै रोकेर भाषण गर्न पुगेका प्रचण्डले अब आइन्दा नाकाबन्दी जस्तो अमानविय काम नगर्न उनी मार्फत् भारतलाई चेतावनी दिए ।

प्रचण्डले कोसीयारीलाई नेपाली जनताको भावना भारतीय प्रधानमन्त्रीलाई सुनाइदिन पनि आग्रह गरे । उनले नेपालको नयाँ संविधान भारतको भन्दा पनि उत्कृष्ट भएको बताए ।

उनले नेपाली कांग्रेसको नयाँ नेतृत्वले राष्ट्रिय राजनीतिलाई सहि दिशामा लान सहयोग गर्ने बताए । उनले ऐतिहासिक विरासतको निरन्तरताको कामना गर्दै महाधिवेशन सफलताको कामना समेत गरे ।

 

LIVE TV