२० फाल्गुन २०७२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनुले बिहीबार प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल– बङ्गलादेश सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

bangalades-768x432

दुवै मुलुकले आफ्ना जनताको समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गरेकाले भावी दिनमा नेपाल र

बङ्गलादेशबीच विकासका क्षेत्रमा कसरी योगदान हुनसक्छ भन्नेबारेमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले बताए ।

प्रधानमन्त्री ओलीले हालै भारतसँग सिंहवाद– रोहणपुर र फूलबारी– बङ्गलाबन्द मार्ग सञ्चालनका लागि भएको सहमतिबारे जानकारी गराउँदै त्यसबाट नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण बनेकाले बङ्गलादेशका व्यापारिक समुदाय ढुक्क भएर पुँजी लगाउन आह्वान गरेका थिए ।

मन्त्री हसनुल हकले बङ्गलादेशका व्यापारिक समुदाय नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेका बताउँदै नेपालको आर्थिक समृद्धि र विकास आफ्नो मुलुकको चाहना रहेको विचार व्यक्त गरे ।

भेटका अवसरमा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे शाम्सलगायत यहाँस्थित बङ्गलादेशी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

 

LIVE TV