
काठमाडौँ,गत वैशाख १२ मा गएको महाबिनासकारी भूकम्प गएको ११ महिनापछि क्षतिग्रस्त घर पुनर्निर्माण अनुदान वितरण कार्यविधि स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बैठकले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको अनुदान वितरण कार्यविधि स्वीकृत गरेको हो।
उक्त कार्यविधि अनुरुप भूकम्पबाट क्षतिग्रस्त घर बनाउन पीडितहरुले अब प्रतिघर २ लाख रुपैयाँ अनुदान पाउनेछन् । यहि फागुन अन्तिमबाट अनुदान वितरण गर्ने सरकारले तयारी गरेको छ ।