
राज्य विखण्डनको आवाज वुलन्द बनाउँदै विभिन्न गतिविधिमा सक्रिय भएर लागेका स्वतन्त्र मधेश गठवन्धनका सँयोजक सिके राउतले सुनसरी र मोरङमा गतिविधि सक्रिय बनाएका छन् । राउतले सीमावर्ती १२ गाविसमा गाउँ परिषद गठन गर्दै पटक पटक तालिम दिन आउने गरेको विशेष स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समयमा हरेराम मण्डलको सँयोजकत्वमा सुनसरीको पुर्व कुसाहामा गाउँ परिषदको गठन भएको छ । सुनसरीका सँयोजक राम विलास मेहेता जिल्लाको दक्षिणि सिमावर्ती क्षेत्रमा कमिटि निर्माण गर्न जुटेका छन् । स्वतन्त्र मधेश गठबन्धनका तीन मुख्य आधार स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यवस्था र शान्तिपुर्ण एवम अहिंशात्मक मार्ग भए पनि उसका गतिविधिले हतियार समेत प्रदर्शन गर्ने गरेको बुझिन्छ ।
तराई टुक्रयाउने योजना सहित अभियान चलाएको भन्दै राउतलाई प्रशासनले पटक पटक पक्राउ गरेको थियो । आफ्नो सँगठन विस्तारलाई तीव्रता दिएका राउतले अब सदरमुकाम केन्द्रित कार्यक्रमको तयारी गरेका छन् । उनको अभियान अन्तर्गत मधेश संसदको माग तथा मधेश देशको नाममा छुट्टै नागरीकताको वितरण गर्ने सम्मको तयारी रहेको बुझिएको छ ।
उनले निर्माण गरेका गाउँ परिषद कमिटिको काम, कर्तव्य तयार गर्ने र नगरपालिका परिषदहरु समेत चाँडै निर्माण रहेको छ । सोहि क्रममा उनले गाउँ स्तरीय प्रशिक्षण सकेका छन् भने जिल्ला स्तरीय प्रशिक्षणको तयारीमा समेत रहेको बुझिएको छ । उनले सँगठन विस्तार गरिरहँदा युनाइटे नेसनसँग काम गर्ने मधेशी मुलका केहि कर्मचारीसँग पनि नियमित भेटघाट गर्ने र आर्थिक सहयोग लिने गरेको बुझिएको छ।
स्रोतका अनुसार काठमाण्डौमा रहेको तराई मानव अधिकार सँजालसँग पनि उनले आर्थिक सहयोग लिँदै आफ्नो अभियान सँचालन गर्दे आएका छन् । उक्त संजाललाई एसडब्लुआईसस नामको आइएनजिओले फन्डिङ गर्ने गर्दछ । राष्ट्र विखण्डन गर्ने अभियानमा हिँडेका डा. सिके राउतविरुद्ध नेपाल सरकारले राज्यद्रोहको मुद्धा लगाउते तयारी गरेको थियो ।
मुलुकी ऐनको राज्यविप्लव तथा राज्यद्रोह महल अनुसार राष्ट्र विखण्डनको गतिविधि चलाएको पुष्टि भए जन्मकैद सम्मको सजाय हुन सक्ने कानुनी प्रावधान छ । राज्यद्रोह र राज्यविप्लव सम्बन्धी मुद्धा विशेष अदालतले मात्र हेर्नेगर्छ