
हामीले निरन्तर फलोअप गरिरहेकाछौं किन मुगुका नागरिक सधैं अभावैअभावको पीडामा पिल्सिरहेका छन् । उच्च शिक्षा, स्वास्थ्योपचार र सूचना प्रविधि त धेरै परको कुरा, बिहानबेलुका छाक टार्न र एक आँङ कपडा लगाउँन नै मुस्किल छ, अधिकांश मुगुवासीलाई ।सधैं अभावको सामना गरिरहेका मुगुवासीलाई अहिले आयोडिनयुक्त नुनको अभाव भएको छ । नुन अभावमा यहाँका नागरिक अलिनो खाना खान वाध्य छन् । चरम खाद्य संकट ब्यहोरिरहेका मुगुवासीलाई नुनको समेत अभाव भएपछि प्राण धान्न नै धौधौ भएको छ । मुगु सदरमुकाम गमगढी आसपासका दुई गाविसमा जसोतसो नुन पाइए पनि अरु २२ वटा गाविसका नागरिक भने पानीमा नुन हालेर खानबाट समेत बञ्चित भएका छन् ।