२० फाल्गुन २०७२, बिहीबार

नेपाली सेनाबाट निर्माणकार्य अगाडि बढेको स्याफ्रुबेँसी–मैलुङ क्षेत्रको सडकको ट्र्याक खोल्ने काम तीव्ररुपमा अगाडि बढेको छ।

 

sadak
नेपाली सेना मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्राविधिक सेनानी सञ्जय केसीका अनुसार २ दशमलव १ किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ जसमध्ये एक किमी डबल लेनको बनाउने काम सम्पन्न भएको छ।

यस्तै, भूकम्पपछि बन्द रहेको शान्तिबजारदेखि मैलुङसम्मको सडक खोल्ने कार्य नेपाली सेनाबाट अगाडि बढिरहेको छ।

हालसम्म साढे तीन किमी सडकका पहिरो पन्छाउने कार्य सम्पन्न भइसकेको र करिब १० किमी लम्बाइको उक्त सडक डेढ महिनाभित्र मर्मत सम्भार र पहिरो पन्छाउने कार्य पूरा गरी मैलुङसम्म यातायात सञ्चालन गराउने तयारी भइरहेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV