२० फाल्गुन २०७२, बिहीबार

लुम्बिनी , बुटवल, सुत्केरी गराउन बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएकी एक महिलाको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा  दिनभर तनाव सिर्जना भएको छ ।

lu
नवलपरासीको सुनवल नगरपालिका–६ विसासय भूपू टोलकी रामकुमारी तामाङलाई मङ्गलबार सुत्केरी गराउन लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना गरिएको थियो । उनको परिवार र आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले तामाङको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालले भने लापरबाही नभएको जिकिर गरेको छ ।
प्रसव पीडा लागेपछि तामाङलाई मङ्गलबार बिहान करिब १० बजे अञ्चल अस्पताल ल्याई भर्ना गरिएको थियो । मङ्गलबार राति १० बजेतिर उनलाई पीडा बढेको र पीडामा रहँदारहँदै उनको रक्तस्राव भएको थियो । यसै क्रममा बिहान ५ बजेतिर उनको निधन भएको रामकुमारीका आफन्त सुनबहादुर तामाङले बताए ।
रामकुमारीले गर्भावस्थामा नियमित जाँच गराउँदै आएकी थिइन् । मृतक तामाङका दुई छोराछोरी छन् । उनका पति वैदेशिक रोजगारीमा रहेको छिमेकी मनोज घिमिरेले बताए ।
बिरामी कुरुवाले बिरामीको अवस्थाका बारेमा पटक–पटक जानकारी गराउँदा पनि स्वास्थ्यकर्मीले त्यसप्रति बेवास्ता गर्दा ज्यान गएको रामकुमारीका आफन्तले गुनासो गरिन ।
घटनापछि मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेका छन् । आफन्तले आज साँझसम्म मृतकको शव बुझेका छैनन् ।
अञ्चल अस्पतालका निमित्त प्रमुख डा राजेन्द्र खनालले घटनाको अध्ययन भइरहेको र दोषी भए कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV