२० फाल्गुन २०७२, बिहीबार

काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली नयाँरुप छायांकन हुदैछ । बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्ट मुभि ज्योतिको अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायाँकन भइरहेको छ ।

a

भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनु पर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताएका छन् ।

बालमैत्री समाजले देश विकासमा ठूलो टेवापुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मुभि ज्योति निर्माण गरिएको उनको भनाई छ ।

b
साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नै पर्छ भन्ने मानसिकता परिर्वतनमा ज्योतिले सहयोग गर्ने उनीहरुको विश्वास छ । चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छिन् ।

यस सर्ट मुभिको कथा सिताराम कट्टेल र दिपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनि आचार्यकै रहेको छ । सर्ट मुभि ज्योतिमा धुर्मुस सुन्तलीसँगै संगम विष्ट मुख्यपात्रको रुपमा देखिने छिन् । यस्तै, यमन श्रेष्ठ, दिपक आचार्य, अविरल अधिकारी, सुरेश थापा दर्शने, जानुका पौडेल केसी, सुरविर पण्डित दारी बा ,विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ ।सर्ट मुभि ज्योति The Power Of Light मापञ्चरत्ने  र पार्बतीको भूमीकामा उनीहरुको नयाँ रुप देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV