१९ फाल्गुन २०७२, बुधबार

म्याग्दी जिल्लामा सञ्चालित सुआहारा कार्यक्रमको स्वास्थ्य, सरसफाई र पोषणको क्षेत्रमा सुधार ल्याएको छ । विगत ५ बषैदेखि म्याग्दीमा संचालन गरिएको कार्यक्रमले महिला र शिशुको स्वास्थ्यका साथै सरसफाईमा समेत गाउँलाई नमुना बनाउने अभियानमा सफलता प्राप्त गरेको हो ।

myagdi

बेनी नगरपालिका र जिल्लाको ३५ गाविसमा सञ्चालन गरिएको सुआहारा कार्यक्रममा स्वास्थ्य तथा पोषण सम्बन्धि घरायसी ब्यवसायमा सुधार, महिला तथा बालबालिकामा पोषण र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ ।

यसैगरी महिला तथा बालबालिकामा विभिन्न थरीका पोषण खानाको प्रयोगमा बृद्धिका साथै पोषणको क्षेत्रमा काम गर्ने सरकारी तथा सरोकारवाला निकायसंग समन्वय समेत गरिएको सुआहारा कार्यक्रमकी कार्यक्रम संयोजक पासाङदेखी तामाङले बताउनुभयो ।

सन् २०११ देखि ०१५ सम्म युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित एकीकृत पोषण कार्यक्रममार्फत जिल्लाको १ नगरपालिकासहित ३५ ओटा गाविसमा कार्यक्रम सञ्चालन गरिएको सुआहाराले जनाएको छ । २ वर्षमूनिका बालबालिका र सुनौलो हजार दिनका महिलाहरुको पोषण अवस्थामा सुधार गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ ।
अभियान अन्तर्गत पोसिलो खानेकुरा, खाद्यान्नको सुरक्षा, शुद्ध पिउने पानी, विभिन्न ६ चरणमा साबुन र पानीले मिचीमिची हात धुने तरिका, व्यक्तिगत, पारिवारिक र सामुदायिक एवं वातावरणीय सरसफाई, सफा घर अभियान तथा प्रमाणीकरणलगायतका दजनौं कार्यक्रम र गतिविधिहरु समुदायस्तरमा गरिएको थियो ।

बेनीमा आयोजित कार्यक्रममा संयोजक तामाङले सुआहारा कार्यक्रम शुरु भएदेखि हालसम्म सम्पन्न गरिएका गतिविधिहरुको प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी सुआहाराका फिल्ड सुपरभाइजर चुमाया थकाली र गीता मिजारले सुआहारा कार्यक्रमबाट समुदायस्तरमा भएका गतिविधिहरुको कार्य अनुभव सुनाउँनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV