
पाँचथर प्रहरीले विभिन्न व्यक्तिहरुलाई एनसेलबाट पुरस्कार परेको भन्दै एन्सेल नम्बरबाट जानकारी गराई कर वापतको रकम जम्मा गर्न लगाउदै रकम असुल्ने गिरोह मध्ये पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यलय पाँचथरले पत्रकार समेलन गरी अभियुक्त पाँच जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्लाका जाकीर हुसेन,महमताप आलम र भारतीय नागरिक वलीउलाह छन् ।
यसैगरी गौरदह झापाका प्रकाश दाहाल र मोरङ पथरीका मेघनाथ अधिकारीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । दाहाल र अधिकारीलाई केहि दिन अघिमात्र प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । पक्राउ परेका अभियुत्तहरुसंग करीब १ लाख ४६ हजार नगद ,मोबाइल सेट र बैक एटिएमकार्ड लगायतका सामान बरामत गरिएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरिक्ष कृष्ण कोइरालाले बताउनुभयो ।
ठगि गर्ने गिरोहका प्रमुख योजनाकार नेपालमा नभएको र उसको खोजीको लागि विशेष अपरेशन सुरु गरिएको पनि कोइराले जानकारी गराउनुभयो । उनीहरुले एनसेलको विभिन्न नम्बरबाट पुरस्कार परेको भन्दै कर वापत केहि रकम तुरुन्त जम्मा गरेर पुरस्कार लिन आउनु भन्दै सर्वसाधरणबाट ठगि गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका सबैविरुद्ध ठगिको मुद्धा सुरु गरिएको प्रहरीले जनाएको छ ।