
काठमाडौ,नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश आर्र्थिक क्रान्तिको नयाँ युगमा प्रबेश गरेको बताउनुभएको छ । नयाँ संविधान जारी भइसकेकोले अब देश विकासको चरणमा प्रवेश गरेको नेता नेपालले दोहोर्याउँनुभयो ।
नेकपा एमाले बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको जनसभामा वरिष्ठ नेता नेपालले अब देशलाई बिकासको नयाँ बाटोमा डोराउनका लागि नेपाली जनताले आर्थिक क्रान्ति गर्ने बेला आएको बताउँनुभएको हो । उहाँले मुलुकबाट बेरोजगारी हटाउँन आर्थिक क्रान्ति र आर्थिक आन्दोलनमा लाग्नुपर्ने बेला आएको बताउँनुभयो ।
उहाँले नयाँ संबिधान नेपाली जनताको चाहाना बमोजिम आएको दाबी गर्नुभयो वरिष्ठ नेता नेपालले संबिधानले कसैको चाहनालाई नखोसेको जिकिर गर्दै संबिधान प्रति कसैको भ्रम भए संबिधानको किताब अगाडि राखेर छलफल गर्न एमाले तयार भएको बताउनुभयो ।
उहाँले निर्बाचनमा हारेको पिडालाइ संबिधान माथि रिस पोखेर बिरोधका लागि बिरोध मात्रै गरेर जनतामा भ्रम पैदा गराउने क्रियाकलाप एमालेलाई कदापी स्वीकार्य नहुने उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले कागले कान लग्यो भन्दैमा कागको पछाडि नलागेर कान छाम्नुपर्ने बताउँदै बिरोधीले भनेका भनाइका आधारमा पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।