१९ फाल्गुन २०७२, बुधबार

भारतले मधेश आन्दोज बारे चासो पुन दोोर्याएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका बिहारका मुख्यमन्त्री नीतिशकुमारले राजनीतिक भेटवार्ता थाल्दै मधेस आन्दोलनबारे चासो देखाएका हुन्।

Nitish-Kumar

बिहार र नेपालको सीमानामा हुने बाढीको समस्या समाधानका विषयमा उनको मुख्य चासो थियो । बिहारका मुख्यमन्त्री नीतिश विहीबारबाट सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा आतिथ्य ग्रहण गर्न बुधबार काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आएकै दिन उनले शशांक कोइरालाको निवासमा पुगेर सुशील कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै विभिन्न दलका शीर्ष नेताहरुसँग भेट गरेका छन् ।

नीतिशले एमाओवादी अध्यक्ष प्रचण्डसँग ४५ मिनेट कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाउको छ । भेटमा नीतिशले मधेस आन्दोलनबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए । भेटका क्रममा उनले नेपालमा संविधान कार्यान्वयन र मधेसमा भइरहेको आन्दोलनका बारेमा जिज्ञासा राखे थिए ।

प्रचण्डले नेपाल सरकार अहिले संविधान कार्यान्वयनको क्रम अगाडि बढेको र मधेसी मोर्चाका मुलभूत मागहरु समाधान भएको नीतिशलाई बताए । मुख्यमन्त्री नीतिशले प्रचण्डकै नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको भन्दै तराई मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयन पनि प्रचण्डकै नेतृत्वमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री नीतिशले प्रचण्डलाई अपरान्ह ४ बजे उनकै निवास लाजिम्पाटमा पुगेर भेट गरेका थिए । लाजिम्पाटबाट उनी सीधै राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी ओलीलाई भेट गर्ने नीतिशको कार्यसूचि छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV