
इण्डोनेशियामा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ ।
इण्डोनेसियाको स्थानीय समयअनुसार साँझ ६ बजेर ४९ मिनेटमा दक्षिणपश्चिमी सहर पाडाङलाई केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्पको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पबाट ठूलो क्षति भएको अनुमान गरिएको छ ।