१९ फाल्गुन २०७२, बुधबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गोमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले छापा मार्दा हतियार फेला परेको छ ।

विदेशबाट शंकास्पद बस्तु भित्रिएको भन्ने विशेष सूचनाको आधारमा बुधबार त्रिभुवन विमानस्थलको कार्गोमा छापा पारेको सीआइबीको टोलीले हतियार फेला पारेको हो ।

सो हतियार युरोपियन मुलुकबाट नेपाल भित्रिएको सीआइबी स्रोतको दाबी छ ।

कुन हतियार हो र कुन देशबाट कसले पठाएको भन्नेबारे अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV