
काठमाडौंबाट लुक्ला उडेको गोमा एयरको विमानमा चरा ठोक्किएको छ । त्रिभुवन विमानस्थल काठमाडौंबाट बिहान ८ बजेर ५६ मिनेटमा उड्ने बित्तिकै विमानमा चरा ठोक्किएको हो । विमान उडे लगत्तै चरा ठोक्कियो र दोस्रो पटकको प्रयासमा मात्र विमान अवतरण गराउन सकिएको विमानस्थलका उडान सञ्चालन विभागका निर्देशक सुधीर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको दायाँ पखेटामा चरा ठोक्किएको थियो ।
फाईल फोटो
विमानमा रहेका सबै यात्रु सकुशल रहेका गोमा एयरले जनाएको छ । विमान भने मर्मत गरेपछि मात्र उडाउनुपर्ने भएको छ । विमानमा ठोक्किएपछि चरा भने टुक्रा टुक्रा भएको थियो ।
विमानमा ठोक्किएको चील र बाजमध्ये एक हुनुपर्ने चौधरीले जानकारी दिनुभयो । चरा धपाउनकै लागि कर्मचारी व्यवस्था गरिएको भएपनि बेलाबेला चील, बाज लगायतका चराले दुःख दिने गरेको विमानस्थलले जनाएको छ ।