१९ फाल्गुन २०७२, बुधबार

चितवनमा हचुवाको भरमा गैंडा स्थानान्तरण हुन लागेको भन्दै विरोध भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया निकुञ्जमा कुनै बहुराष्ट्रिय सस्थाको दवावमा आएर गैंडा लगिदै गरेको उनीहरुको आरोप छ । विगतमा लगिएको अधिकांश गैंडा असुरक्षित भएकाले यसको विरोध गर्नुपरेको विरोधमा उत्रिएका संरक्षणकर्मीहरले बताएका हुन् । चितवन राष्ट्रिय निकुञ्जले दुइ वर्ष अघि नै निर्णय गरेको भने पनि सरोकारवाला संघ संस्थालाई कुनै जानकारी नभएको र यसको सशक्त विरोध गर्ने मध्यवर्तिका मधुकर मल्लले बताउनुभयो ।

हिजो स्थानान्तरणको विरोधमा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइएको र आज निकुञ्जमा ज्ञापन पत्र बुझाएको गैंडा संरक्षणको क्षेत्रमा काम गर्दै आउनुभएका विकाश पाठकले जानकारी दिनुभयो । विगतमा ८३ वटा गैंडा वर्दियामा पुगेकोमा हाल २९ वटा मात्र बाँकी रहेको छ । चितवनमा त्यति नै समयमा ३०० बाट गैंडाको संख्या ६०० भन्दा माथि पुगेको हुँदा गैंडाको लागि वर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त बासस्थान नभएको वन्यजन्तु विज्ञ तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्रा डा कृष्ण काफ्लेको धारणा छ ।
मन्त्रालय र विभागको निर्णय भन्दै गैंडा बर्दिया लैजान लागिएकोमा कसरा वरपरका केरुंगा उपभोक्ता समितिका सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।

LIVE TV