१८ फाल्गुन २०७२, मंगलवार

जनकपुरधाम, राष्ट्रिय योजना आयोगले चौधौँ योजनामा गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई १७ प्रतिशतमा झार्ने लक्ष्य राख्ने भएको छ ।

raaa

तेह्रौँ योजनामा गरिबीको रेखामुनिका जनसङ्ख्यालाई १८ प्रतिशतमा झार्ने लक्ष्य राखिएकामा लक्ष्यअनुरूप प्रतिफल प्राप्त नभई २३.८ प्रतिशत पुगेको छ ।

आर्थिक र मानवीय गरिबी न्यूनीकरणमार्फत जनताको जीवनस्तरमा सुधार गर्ने लक्ष्य राखिएकामा योजना निर्वाहका लागि समेत अपुग, ठूलो परिमाणको व्यापार घाटा, ऊर्जा सङ्कट, पुँजीगत खर्च तथा वैदेशिक सहायताको उपयोग हुन नसकेकाले तेह्रौँ योजना अपेक्षाकृत प्रतिफल दिन नसकेको आयोगको ठहर छ ।

आयोगले मधेसका सम्पदा, पूर्वाधार, सामाजिक, कृषि, सिँचाइ, वन, पर्यटन, उद्योग, वाणिज्य क्षेत्रको विकास सन्दर्भमा काठमाडौँ केन्द्रित अवधारणाका कारण कुनै पनि क्षेत्रले विकास गर्न नसकेको बताइन्छ ।

आयोगद्वारा यहाँ सम्पन्न गोष्ठीले यी तथ्यलाई मनन गर्दै चौधौँ योजनामा मधेसको भूमिको विकास हुने योजना निर्माण गर्न आयोगलाई सुझाव दिएको छ ।
आयोगका सदस्य–सचिव सुरेशमान श्रेष्ठले चुरेको संरक्षण, हुलाकी राजमार्ग, जनकपुरको विकास, कृषि र सिँचाइको विकास र व्यवस्थापनलाई चौधाँै योजनामा समावेश गर्नु आवश्यक भएको धारणा राख्नुभयो ।

अर्का सदस्य डा कामानन्द देवले अपनत्व विकास हुने योजना मधेसमा खाँचो रहेको बताउनुुुुभयो ।

आयोगका अर्का सदस्य विजयबहादुर कुँवरले यथार्थ धरातलमा आधारित योजना निर्माण भएमा प्रतिफल प्राप्त हुनसक्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV