१८ फाल्गुन २०७२, मंगलवार

विश्वमै दुर्लभ बन्दै गएको तीर हान्ने प्रतियोगिता दोस्रो पटक नेपालमा शुरु भएको छ । मङ्गलवारवाट शुरु भएको प्रतियोगिता विहीवारसम्म चल्ने छ ।
कर्म ज्यामु भोटिया फाउन्डेशनको आयोजनामा दोस्रो पटक तीर हान्ने प्रतियोगिता शुरु भएको हो । काठमाडौंको कपनमा आयोजित प्रतियोगितामा उत्तरी संखुभासभा जिल्लाका चार गाविसहरु किमाथांका, चेपुवा, हटिया र पावाखोलावाट प्रतियोगीहरु सहभागी भएको आयोजकले जानकारी दिएका छन् ।

tir

ती चार गाविसका १३ गाँउहरुवाट यसपटक प्रतियोगीहरु सहभागी भएका हुन् । विश्वकै पुरानो खेलमध्येको मानिने तीर हान्ने प्रतियोगिता केही वर्ष यता विश्वमै दुर्लभ जस्तै बन्दै गएको छ । मुख्यगरी सरकारी खेलकुद प्रतियोगितामा यसलाई प्राथमिकतामा नराख्ने परिस्थितिका कारण धेरै देशहरुमा यो खेल लोपोन्मुख जस्तै बन्न गएको थियो । तर नेपालमा चाहिँ यसलाई जर्गेना तथा संरक्षण गर्ने अभिप्रायले गत वर्षदेखि यस किसिमको प्रतियोगिता आयोजना गर्न थालिएको हो ।
तीर हान्ने खेल नेपालको हिमालय संस्कृतिसंग सम्वन्धित छ । सवैजसो हिन्दू ग्रन्थहरुमा तीरको प्रयोग तथा प्रतियोगिताको चर्चा भएको पाईन्छ । त्यसले गर्दापनि यो खेलसंग अपरिचित नेपालमा सायदै कोही होलान् ।
तीर हान्ने खेलको महत्वलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिरुपमै बढाउन सवै प्रयासहरु जारी रहने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV