
खेलकुदको महाकुभ्भको रुपमा चिनिने राष्ट्रिय खेलकुद प्रतियोगीता अहिले कुम्भको पानि जस्तै यता न उता भएको छ । पटक पटक बिभिन्न कारणले स्थगित हुँदै आएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगीता स्थकित भएको छ संकटको बादलमा मडारिएको सातौ राष्ट्रिय खेलकुद अन्तत स्थकीत नै भयो ।
यसअघि पनि बारम्बार सारिएको सातौं राष्ट्रिय खेलकुद यसपटक पूर्वाञ्चलका बिभिन्न शहरमा हुने भनिएको थियो । आजको दिन अर्थात फागुन १८ देखि हुने भनिएको खेलकुद स्थगित भएको छ । हुनत स्थकित हुन सक्ने आशंका त पहिलेकै हो, खेलकुद मन्त्री सत्यनारायण मण्डलको, । यस अघि पनि मधेस आन्दोलन र बजेटको व्यवस्थालाई लिएर सारिएको सातौ राष्ट्रिय खेलकुद पुन बजेटको कारणले स्थकित भएको छ । खेलाडीको लागि उत्साह र प्रदर्शनको मुख्य आधार मानिएको खेलकुद प्रतियोगीता नहुदा नेपाललाई र नेपाली खेल क्षेत्रका धेरै खेलाडि हरुलाई नकरात्मक असर प्रत्यक्ष रुपमा पर्ने गर्छ ।
भर्खरै मात्र भारतमा सकिएको १२ औ दक्षिण एसियाली खेलकुदबाट विभिन्न पदक जिती हौसल्लीएका खेलाडिहरु तथा सातौ खेलकुदको लागी प्रशिक्षणमा रहेका खेलाडिहरु भने अब साच्तिनै नै आत्तिएका छन् । यसरी आफनै देशमा हुने प्रतिगोगीताहरुको समेत भर नहुदा खेलाडिहरुलाई भने चिन्ताले सताउने मात्र होईन, मानसिक रुपमा समेत असर पर्ने पनि हुन सक्छ,
राष्ट्रिय खेलकुद प्रतियोगिताको तोकिएको समयमा आयोजना नहुनु नेपाली खेल जगतका लागि दुर्भाग्यको पक्षनै हो । प्रतियोगीतामा सहभागी धेरै खेलाढिहरु अहिले अकनबक्क भएका छन् । तर बजेटको अभावमा राष्ट्रिय खेलकुद परिषदले पनि चैतको अन्तिम साता तिर गर्ने भित्रि तयारी पनि थालेको छ । राष्ट्रिय खेलकुदको आयोजना भने अब संकटमा पारिनु हुन्न । राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशबकुमार विष्टले आर्थिक समस्या कारण तत्काल राष्ट्रिय खेलकुद गर्न नसक्ने अवस्था भएकाले स्थगित गर्नुपरेको बताएका छन् । विष्टले अहिले राष्ट्रिय खेलकुद गर्न नसक्नेपनि प्रष्ट पारे ।
यद्यपि सरकारले समयमै बजेट उपलब्ध गराए वैशाखमा गर्ने पनि बताए । अबको दुई साताभित्र बजेट निकासा भए वैशाखमा गर्न सकिने उनको अर्को तर्क छ । राष्ट्रिय खेलकुदका लागि राखेपले फागुन १२ देखि १५सम्म क्षेत्रीय छनोट प्रतियोगिता गर्ने निर्णय गरेको थिए । तर, राखेपले क्षेत्रीय प्रतियोगिता गर्न नसकेको पाँच दिनपछि राष्ट्रिय खेलकुद तत्काल गर्न नसक्ने घोषणा गरेको हो ।