१८ फाल्गुन २०७२, मंगलवार

काठमाडौं-मनपरी भाडा असुल गरी यात्रु ठग्ने  ट्याक्सीलाई अब  कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि (मंगलबार) राजधानीका विभिन्न स्थानमा संचालनमा रहेका  ट्याक्सीको अनुगमन गरी कारबाही गर्न थालेको छ  ।

taxi-homepage-new

विभागले आज मिटरमा गुड्न अटेर गर्ने  १० वटा ट्याक्सीको कागजात नियन्त्रणमा लिएको  छ । उनीहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी विभागको छ ।

विभागका प्रवक्ता बसन्त अधिकारीक अनुसार  उपत्यकामा चल्ने ९० प्रतिशत बढी ट्याक्सीले मिटरमा उठेको रकमभन्दा बढी भाडा  लिने गरेको पाइएको जानकारी दिए  । ब्ल्याकमा तेल हाल्नुपरेको बहाना बनाउदै ट्याक्सी चालकले मनपरी भाडा उठाइरहेको पाइएकाले त्यस्तालाई कडा कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ   ।

ट्याक्सीले जथाभावी भाडा असुलेको  यात्रुको गुनासो बढ्दै गएपछि विभागले अनुगमन थालेको हो । उपत्यकामा चल्ने ट्याक्सीले मिटरका लागि तोकिएको भन्दा ४ गुणा सम्म  भाडा असुल्ने गरेको पिएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV